काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्युरोडस्थित संकटा क्लबलाई रुपैयाँ १० लाख प्रदान गरी प्रायोजन गरेको छ।
बैंकले उक्त रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दतस्वरुप प्रदान गरेको हो। बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवर्द्धनमा योगदान प्रदान गर्दै आएको छ।
बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले उक्त रकम एक समारोहबीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका छन्।
उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारीलगायत अन्य वरिष्ठ पदाधिकारीहरुसहित वडा नं २२ का वडाध्यक्ष चिनीकाजी मर्हजनलगायत क्लबका अन्य प्रतिनिधिको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago