काठमाण्डौ । हिमालयन बैंक लिमिटेडका ग्राहकले आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन्। 

हिमालयन बैंक र काठमाण्डौको विशालनगरस्थित आरोगिन हेल्थ केयरबीच भएको छुट सम्झौता भएको हो। सम्झौताअनुसार बैंकका ग्राहकलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुविधामा ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। 

सम्झौताअनुसार उक्त संस्थाले हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशतसम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशतसम्मको छुट, ल्याब सेवाहरुमा २५ प्रतिशतसम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशतसम्मको छुट, दिवा वा २४/७ नर्सिङ केयर सेवामा १५ प्रतिशतसम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने छ। 

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन वा निम्न कार्डहरुबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन्।

बैंकका कार्डबाहक तथा ग्राहकले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिनेछ।