काठमाण्डौ । हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफलमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। 

यस अफरअन्तर्गत दुईजना भाग्यशाली मोबाइल बैंकिङको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ ‘एचआई–एमबी’ एपबाट अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्। यो अफर भदौ१ गतेदेखि भदौ ३१ गतेसम्म लागू हुनेछ। 

मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्तालाई अफरको अन्त्यमा लकी ड्रमार्फत विजेता छनोट गरिनेछ। विजेताको घोषणा हिमालयन बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ।

फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकलाई फन्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ। एचआई–एमबीको फन्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच÷कनेक्टर आईपीएसको च्यानल प्लेटफर्ममार्फत हुने गरेको छ र उक्त माध्यमबाट फन्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन। 

आर्थिक वर्ष २०७९–८० मा यस च्यानलमार्फत रु. १ करोड ४७ लाखभन्दा बढी भुक्तानी भइसकेको छ। मोबाइल बंैकिङमार्फत प्रयोगकर्ताले प्रतिकारोबार प्रतिदिन रु. २ लाखको मात्र गर्न सक्नेछन्। हिमालयन बैंकको एचआई–एमबी एपमा हाल १ लाख ७० हजारभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन्।