काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमीटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । 

हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको यो लघुवित्तको भदौ १२ गते मंगलबार बसेको सञ्चालक समितिको २१५ औं बैठकले संस्थापक सेयरधनी समूह(बैंक)को तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

हिमालयन बैंकबाट बैंकिङ करिअर सुरु गरी करिब ३० वर्षदेखि यही क्षेत्रमा कार्यरत नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । 

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको हिमालयन लघुवित्त वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरुमार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. १ अर्ब बचत संकलन गरी रु. ४ अर्ब ४३ करोड लगानी गरेको छ ।