काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाण्डौलाई क्यामारासहित अन्य सामग्री हस्तान्तरण गरेको छ ।

कम्पनीले २ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको Insta 360 Chest Strap सहित पाँच थान Gopro Hero 9    क्यामारा हस्तान्रण गरेको हो् ।

कम्पनीले जिल्ला प्रहरी परिसर काठमाण्डौको अनुरोधको आधारमा काठमाण्डौ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरुको निगरानी तथा रोकथाम गर्न सो सहयोग प्रदान गरेको बताएको छ ।

कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप उक्त सामग्री तथा क्यामरा  प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो ।