काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नका तालिम आयोजना गरेको छ । 

कम्पनीले गत मंसिर २४ देखि ३० गतेसम्म सम्पूर्ण कर्मचारीलाई AML/CFT,Client Protection and Program Management र अनुगमन अधिकृत तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई मोनिटरिङ,सुपरभिजन र रिकभरी सम्बन्धि तालिम कार्यक्रम आयोजना गरेको हो ।

तालिमको समापन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले हालसम्म कम्पनीले गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएको बताए ।

उनले नेपालमा लघुवित्त संस्थाहरुले प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको परिवेशमा विगत केहि समयदेखि लघुवित्त क्षेत्रमा देखिदै आएको विविध खालको असहज परिस्थितिमा विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानेर उच्च मनोवलका साथ सेवाहरु  प्रदान गर्न निर्देशन दिए ।

हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको उक्त कम्पनीले हाल ७५ शाखा कार्यालयहरु मार्फत् ७६ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै ९४ करोड रुपैयाँ बचत संकलन गरी ४ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेको छ ।