काठमाण्डौ । हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित भएको छ ।

भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा कम्पनीलाई एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस-२०२३ र एक्सिलेन्स इन कन्जुमर कार्डस प्रिपेड- २०२३ उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।

कम्पनीले यी विधाहरुमा विगतका वर्षदेखि नै उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । यसका साथै कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै  Diners/Discover तथा  Rupay ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको छ ।

हाल कम्पनीले २७० वटा एटीएम,६ हजार ५०० भन्दा बढी पीओएस र ५००भन्दा बढी ई-कमर्स मर्चेन्टमार्फत् कार्डका ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।