काठमाण्डौ । नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ ।

हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाण्डौबाट लासा नियमित उडान सुरु गरेको हो । 

यो सेवा बिस्तारलाई कम्पनीले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवरद्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ ।

काठमाण्डौ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले  चीन र नेपालको सम्बन्धमा नेपाल- ल्हासा सिधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापित भएको बताए ।

नेपाल र चीनबिचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोश ढुङ्गाको काम गरेका उनले बताए । चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर,ल्हासाउच्चहिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो ।

नयाँ काठमाण्डौ–ल्हासा–काठमाण्डौ रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाण्डौ र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहजयात्राको विकल्प प्रदान गर्ने पनि कम्पनीले बताएको छ । 

सो अवसरमा चीनियाँ दूतावासकाउपप्रमुख वाङ जिनरलगायतका अन्य विशिष्ट व्यक्तिहरूलाई कम्पनीका अध्यक्ष झोउ एनयोङले स्वागत गरेका थिए ।