काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थको शाखा कार्यालय विरुवागुठी, पर्साले बीमा दावी रकम भुक्तानी गरेको छ ।

कम्पनीले पर्सा जिल्ला पर्सागढी गाउँपालिका ८,हरपुर टोलमा रहेको केन्द्र नं.०९ कि सदस्य श्रीमति देवन्ती देवी रामको श्रीमान् बिरेन्द्र रामको मृत्यु पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।

सदस्य श्रीमति देवन्ती देवी रामले संस्थाबाट ८० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत मृत्यू पश्चात दिइने काजक्रिया खर्च  २५हजार रुपैयाँ तथा तिरेको किस्ता रकम ५ हजार रुपैयाँसमेत एकमुष्ट भुक्तानी गरिएको कम्पनीको शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए।

कम्पनीले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र आपतकालिन अवस्थामा सहयोग पुर्‍याउने उदेश्य अनुरुप विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको बताएको छ ।