काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको गत मंसिर १७ गते बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको छ। काठमाण्डौ कुमारीगालका पोखरेलले अब पुस १ गतेबाट सीआईओ पद वहाली गर्ने छन्।
सञ्चालक समितिले पोखरेललाई दुई वर्षका लागि सीईओमा नियुक्त गरेको छ।
यसैगरी सोही बैठकले मोरङ विराटनगरका नेत्रप्रसाद तिम्सिनालाई कम्पनी सचिवका रुपमा नियुक्त गरेको छ। उनको यो पदावधि २०७९ मंसिर मसान्तसम्म कायम हुनेछ। यसअघि पनि तिम्सिना कम्पनी सचिवका रुपमा कार्यरत छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19