काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र युनियनपेको सहकार्यमा 'हिमालयन बैंक एससीटी युनियनपे' कार्ड सेवाको औपचारिक सुरुआत गरिएको छ।
आज भिडियो कन्फ्रेन्सका माध्यमबाट सञ्चालित विशेष समारोहबीच यो कार्ड सेवाको औपचारिक सुरुआत गरिएको हो। यो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्च शिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यावसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।
युनियनपेका प्रतिनिधिले हिमालयन बैंक लिमिटेडले एचबीएल युनियनपे एससीटी कोब्रान्डेड कार्ड आफ्ना ग्राहकका लागि जारी गर्न सुरु गरेकोमा प्रसन्नता व्यक्त गरेका छन् । त्यस्तै निकट भविष्यमा बैंकस–ंगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्वीकार्य हुने कुराको जानकारी दिएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबराले सो अवसरमा युनियनपे तथा एससीटीसँग सहकार्य गरी ‘एचबीएल युनियनपे एससीटी कार्ड’ सञ्चालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे। उनले नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्रान्डहरु जस्तै– अमेरिकन एक्स–प्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे, भिसा जारी तथा स्वीकार गर्ने र छिटै डाइनर्स एन्ड डिस्कभर कार्ड स्वीकार गर्ने एकमात्र बैंक भएको जिकिर गरे।
हिमालयन बैंक युनियनपेको नेपालमा एक प्रमुख रणनीतिक साझेदार भई सन् २०१० देखि सञ्चालनमा रहेको तथा उक्त कार्ड बैंकले सन् २०१४ देखि नै जारी गर्दै आइरहेको छ । सन् २०१८ देखि क्यूपे वालेट पनि सञ्चालन गर्दै आएको एससीटी नेपालमा युनियनपेको कार्ड जारी गर्ने सबैभन्दा ठूलो संस्था रहेको छ । हिमालयन बैंक र एससीटीले युनियनपेको नेपालमा सेवा स्थानीयकरण गर्ने योजनामा साझेदारका रुपमा रही नेपाल र मित्रराष्ट्र चीनबीचको आर्थिक तथा व्यावसायिक क्रियाकलापमा सहयोग पुर्याउँदैछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago