काठमाण्डौ । हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले आज पद तथा गोपनियताको सपथ ग्रह गरेका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहणपश्चात आजै अध्यक्ष श्रेष्ठले पद बहाली गरेका छन्।
श्रेष्ठलाई बैंकका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैंकका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका छन्।
श्रेष्ठलाई गत असोज १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago