काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको नेसनल पेमेन्ट स्विचमा आबद्ध भई प्रथम चरणमा नेपालपे क्यूआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधाहरु उपलब्ध गराउने भएको छ।
यससम्बन्धी सम्झौतापत्रमा हिमालयन बैंक लिमिटेड र एनसीएचएलबीच गत कात्तिक २३ गते हस्ताक्षर भएको हो। हिमालयन बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले बंैक तथा क्लियरिङ हाउसका अन्य कार्यकारीहरुको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेसनल पेमेन्ट स्विचले ल्याएको यस सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पूरा गर्न सकिने विश्वास बैंकले लिएको छ।
ग्राहकले नेपालपे क्यूआर उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरल रुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्यूआरमार्पmत डिजिटल भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकले नेसनल पेमेन्ट स्विचमार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिक रुपमा उपलब्ध गराउनेछ।
नेसनल पेमेन्ट स्विचमा आबद्ध भई सञ्चालनमा आएको उक्त नेपालपे क्यूआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। यस प्रणालीमा आबद्ध भएपश्चात ग्राहकले नगदै भुक्तानी गर्नु पर्ने झन्झटबाट मुक्त हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago