काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर उपमहानगरपालिका भीमसेनस्थानस्थित ‘सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम’ लाई सहयोग प्रदान गरेको छ।
बैंकले सहयोगस्वरुप उक्त अस्पताल तथा वृद्धाश्रमलाई १२ हजार थान बहिरंग दर्ता किताब प्रदान गरेको छ।
वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो। अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा सञ्चालित यस प्रतिष्ठानले अस्पतालका साथै वृद्धाश्रमसमेत सञ्चालन गरिरहेको छ।
बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपीन हाडाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago