काठमाण्डौ। हिमालयन बैंक लिमिटेड गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रोयल नेपाल गल्फ कोर्समा यही पुस २३ देखि २४ गते प्रतियोगिता भएको थियो। स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा एआईजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन्। ३७ अंकका साथ मेजर जेनेरल विजय मोक्तानले दोश्रो पुरस्कार हात पार्न सफल भएका छन्।
यसैगरी महिलातर्फ तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएकी छन्।
सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंकसहित जित्न सफल भएका छ।
विभिन्न विधामा सम्पन्न प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भएका छन्।
यसरी नै पुरुष जुनियरतर्फ टासी शेर्पाले २५ अंकका साथ बिजयी भएका छन् भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भएकी छन्।
यसैगरी जुनियर लंगेस्ट ड्राइभको उपाधि जयविर आर्चायले जित्दा जुनियर क्लोजेष्ट टु द पिन इदान्त सिंह साउडले जितेका छन्।
बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो। पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक विजयबहादुर श्रेष्ठले बैंकले विगतदेखि नै देशमा गल्फलगायत अन्य खेलकुदको विकास र प्रवर्द्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताए।
प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा, महाप्रबन्धक अनुप मास्केलगायत अन्य वरिष्ठ पदाधिकारीसहित समाजका प्रतिष्ठित व्यक्तित्व र प्रतिष्ठित व्यावसायिक छवि भएका व्यक्तिहरुको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago