काठमाण्डौ । हिमालय एअरलाइन्सले स्तरीय बुकिङ सेवा प्रदानका लागि अमेडियस(Amadeus)सँग टिकट वितरण सम्बन्धी सम्झौता गरेको छ । 

अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्वारा स ेवा प्रदान गर्ने एक अग्रणी सेवा प्रदायक संस्था हो । 

ट्राभल एजेन्टहरुको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धताबारे जानकारी दिन एअरलाइन्सले पहिलोपटक ग्लोबल डिस्ट्रीव्यूसन सिस्टम (GDS)साझेदारको रुपमा अमेडियसलाई छनौट गरेको हो । 

नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित एअरलाइन्सले २०७३ जेठ १८ गतेदेखि कतारको दोहामा आप्mनो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । निकट भविष्यमा दिल्ली, ल्हासा, चेंगदू, बेइजिङ, कोलम्बो, बंैकक, हङकङ र दामाममा पनि उडान गर्ने योजना रहको एयरलाइनसले जनाएको छ । 

अमेडियस सिस्टमद्वारा बुक गर्न मिल्ने ४७४ भन्दा बढी एअरलाइन्सको सूचिमा हिमालय एअरलाइन्स पनि सामेल भएको छ ।