काठमाण्डौ । हाल दोहाको बढ्दो उच्च मागलाई ध्यानमा राखी हिमालय एअरलाइन्स्ले कतारको दोहामा भइरहेको नियमित उडानको संख्या थप गरेको छ ।
यही आउँदो श्रावण १९(अगष्ट ३, २०१७ )गतेदेखि कतारको दोहामा हप्ताको थप दुई उडान मंगलबार र बिहीबार गर्ने तथा भदौ १७( सेप्टेम्बर २, २०१७ )गतेबाट थप चार उडान गरी हप्ताको ११ उडान पुर्याइने हिमालय एयरलाइन्सले जनाएको छ । थप उडान मंगलबार, विहिबार, शनिबार र आइतबार हुनेछन् ।
थप उडान आगामी कात्र्तिक ११ (अक्टोबर २८, २०१७ )गतेसम्मलाई रहनेछ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०ः१५ मा उडान गरी कतारको राजधानी दोहामा सोही दिन त्यहाँको समय अनुसार १२ः२५ मा अवतरण गर्नेछ । सोही दिन १३ः१५ मा दोहाबाट उडान भरी साँझ २०ः५० मा काठमाडौं अवतरण गर्नेछ ।
नेपालीहरुको महानपर्व दशैं तथा दिपावलीलाई ध्यानमा राखी नेपाली यात्रुहरुलाई सेवा प्रदान गर्ने उद्देश्य रहेको उल्लेख गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने–“दोहा उडान भरेको १ वर्षमा यात्रु समाजबाट हामीले प्राप्त गरेको सद्भाव तथा सहयोग एवं हवाई सेवाको मागलाई मध्यनजर गर्दै आगामी दशै तथा दिपावलीमा यात्रा गर्नेलाई सरल, सुलभ, सजिलो होस् भनेर थप उडानको घोषणा गरिएको हो ।”
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago