काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ।
बंैक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको हो।
बैंकले अस्पतालमा उक्त सेवा चौबीसै घन्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ। बैंकद्वारा प्रदान गरिने सो सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीका परिवार, आफन्तजन तथा अस्पतालका कर्मचारीहरुलाई सहजता प्रदान गर्नेछ।
नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र अस्पतालका तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन्।
उक्त समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19