काठमाण्डौ । नेपाली सेनाको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारासहित आयोजना भइरहेको चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ। अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबैभन्दा ठूलो डोनर रहेको छ।

यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो। पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो। सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि रहेका छन्। चैत १४ देखि जेठ २२ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ। संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिनेछ।

हिमाल सरसफाई अभियान २०२३ का क्याम्पेन डिरेक्टरले भने, ‘हिमालहरु हाम्रा राष्ट्रको गौरव हुन्, र स्थानीय समुदाय र भावी पुस्ताका लागि तिनीहरुलाई सफा राख्ने र संरक्षण गर्नु हाम्रो दायित्व हो। हामी यी हिमालहरुमा बढ्दै गरहेको फोहोरको बारेमा जनचेतना जगाउनको लागि हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरुसँग मिलेर काम गरिरहेका छौँ। यसमा कोका–कोला फाउन्डेसन र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्त निरन्तर साथ र सहयोगको लागि हामी आभारी छौँ।’

प्रतिकूल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ। टोलीमा आरोही, डाक्टर र शेर्पाहरु छन्। प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरु समावेश छन्। 

त्यसैगरी फोहोर संकलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरु पनि रहेका छन्। त्यस्तै सन्चालन, समन्वय र रियर अपरेसनको लागि अन्य २० जना कर्मचारीहरु रहेका छन्। 

नेपाली सेनाको नेतृत्वमा सञ्चालन भइरहेको यो अभियान विभिन्न गैरनाफामूलक संस्थाहरु, कर्पोरेट हाउसहरु, नागरिक समाज र रिसाइक्लिङ पार्ट्नरहरुको संयुक्त प्रयास रहेको छ।

कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने, ‘पहाडी इकोसिस्टमले बाढीलाई नियन्त्रण गर्नुको साथै सफा पानी र हावा प्रदान गरी मानव जीवनलाई अत्यावश्यक सेवाहरु प्रदान गर्दछ। जलवायु परिवर्तन विशेष गरी पहाडहरुमा तीव्र छ र हामीले तिनीहरुलाई बचाउन काम गर्नुपर्छ। कोका–कोला फाउन्डेसनको सहयोगले आशा छ कि यस्ता पहलहरुले नेपाल र विश्वभरमा अझ बढी जलवायु कार्य सञ्चालन गर्न मद्दत गर्नेछ। हामीले नेपाली सेनालाई साथ दिन पाउँदा खुसी छौँ र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ।’

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरुसँगको सहकार्यमा सन् २०१९मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाई अभियानमा १०,५८६ किलो फोहोर सङ्कलन भएको थियो। सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो। 

अभियानको तेस्रो संस्करण २०२२ मा भएको थियो जहाँ चारवटा हिमालबाट ३३,८७७ केजी फोहोर (७,२२७ केजी बायोडिग्रेडेबल र २६,६५० केजी नन–बायोडिग्रेडेबल) संकलन गरिएको थियो। सगरमाथा, ल्होत्से हिमाल, मनास्लु हिमाल र कञ्चनजंघा हिमालबाट संकलन भएका यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरु, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन्।

यस अभियानको बारेमा विस्तृत जानकारी लिनका लागि कोका–कोला नेपाल र नेपाली सेनाको आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलहरु फलो गर्न सकिन्छ।