काठमाण्डौ । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोबिलिटी प्रालि (लक्ष्मी गु्रपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ। 

लक्ष्मी ई. मोबिलिटीले नाडा ईभी अटो शोमा स्टल नं. सी७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ। जसमा रु. २५ हजारसम्मको नगद पुरस्कार र लक्की ड्रमार्फत एकजनालाई जर्मन ब्रान्ड बोस वासिङ मेसिन रहेका छन्।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एकपटक फुल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि अति राम्रो बजार लिएको छ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन्। नेपाली बजारमा हाल ४ मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलका बारेमा जानकारी लिनका निम्ति आजै नाडा ईभी अटो शोमा स्टल नं. सी७ मा सम्पर्क गर्न सकिनेछ।

एक दशकभन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई. मोबिलिटीले नेपालभरका इच्छुक पक्षबाट डिलरसिपका लागिसमेत आवेदन लिँदैछ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु–ह्विलर्स स्कुटर निर्माता कम्पनी हो। हिरो इलेक्ट्रिकका हजारौँ सन्तुष्ट ग्राहक छन्। 

हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी  क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ।