काठमाण्डौ । नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै हिरो Xpluse 200 मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमाङथान भ्रमण गराउने भएको छ। 

आज कात्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी Xpluse 200 चढ्ने ग्राहकलाई सहभागिता गराउँदै यात्रा सुरु भएको छ। यात्रा काठमाण्डौ–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङथान हुँदै करिब ९०० किलोमिटरको हुनेछ।

नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिले  टेकुको बुधबारीमा रहेको हिरोको शोरुमा आज ल्फाग अफ गरेर यात्राको शुभारम्भ गरे। 

कार्यक्रममा अध्यष ज्योतिले यात्रामा सहभागी हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाइक चलाउन अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताका लागि सबैलाई शुभकामना दिए।