काठमाण्डौ । हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौँ” सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ। यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत रु.२० हजारदेखि रु. ७८ हजारसम्मको अतिरिक्त छुट, रु. १५ हजारबराबरको लोयल्टी बोनस, रु. १ लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्।
हुन्डाईले आफ्नो सम्पूर्ण गाडीमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १३ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago