काठमाण्डौ । हुन्डाई नेपालले बडादसैं,दिपावली र छठ पर्व- २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ ।

कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा हुन्डाई फेस्टिभ कार्निवल अन्तर्गत आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरिने मनाइने छ ।

कार्निवलमा  हुन्डाईको सवै शोरुमहरुमा फरक- फरक कार्यक्रमहरु आयोजना गरिने छ ।

कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भै  विजेता हुनेले वाशिङ मेसिन, माइक्रो वेब ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।