काठमाण्डौ । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्ट नेपालले निर्माण व्यवसायीलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ। 

यो योजनाअन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ। ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन्। 

नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैयाँसम्म पर्ने उपकरणहरु ग्राहकले ६० लाखदेखि ९० लाख रुपैयाँमै लिन सक्नेछन्। यसअघि ३६१ घन्टादेखि बढीमा २९५० घन्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरण अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका छन्।

‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घन्टाको प्रयोग अवधिसम्म वारेन्टी रहेको छ। यसका साथै हुन्डाई मेन्टेनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरुमा ६ महिना, ८ महिना वा ९ महिनाको निःशुल्क मर्मत गरिने व्यवस्था छ। यस योजनाका मेसिनहरु हुन्डाईको काठमाण्डौ, हेटौँडा र बुटवल शोरुममा उपलब्ध छन्। 

ग्राहकले आफूलाई सहज हुने योजनाअनुसार लागत भुक्तानी गरी उपकरण खरिद गर्न सक्नेछन्।

हुन्डाई कन्स्ट्रक्सन नेपालको हेभि निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनी हो। कम्पनीले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्जाभेटर’ उपकरण निर्माण गर्दछ। हुन्डाई कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन र खानी उद्योगका लागि प्रमुख इक्विप्मेन्टका रुपमा रहँदै आएको छ।  हुन्डाई मसिन, हेभी इक्विप्मेन्ट अपरेटरहरुलाई कार्य सम्पादन गर्न मुख्य भूमिका खेल्दै आएको छ।