हुम्ला । पहिलो चरणको निर्वाचन अन्तरगत जारी मतगणना भइरहेका क्षेत्रमध्ये अधिकांशमा बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिइरहेको बेला हुम्लामा भने बाम गठबन्धनकै बागी उम्मेद्वारले अग्रता लिएका छन् । 

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको हुम्लाको स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामाले १०६० मतको अग्रता लिएका छन् । उनी बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका माओवादीका छिमी दोर्ची लामाका बागी हुन् । लामा भने तेश्रो नम्बरमा धकेलिएका छन् । जिल्लामा नेपाली कांग्रेसका उम्मेद्वार मंगलबहादुर शाहीले ५२३ मत ल्याएका छन् । 

जिल्लाको प्रदेशक (क)मा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेद्वार दल रावल ८६१ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका थानबहादुर रोकायाले ३१३ मतले पछ्याइरहेका छन् । प्रदेश(ख)को मतगणना सुरु हुन सकेको छैन ।