काठमाण्डौ । चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टिलले फ्रेबिकेटरहरुका लागि लक्षित उपहारको योजना लिएर आएको छ। 

विशेषत फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै हुलास स्टिलले आफ्नो एपमार्फत ‘हुलास स्टिल एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा’ भन्ने नाराका साथ यो एप लन्च गरिएको छ।

फ्रेबिकेटरहरुका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु रहेका छन्। ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टिल एप डाउनलोड गरी त्यस एपभित्र आफूले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरी खरिद रकममा तोकिएबमोजिम प्वइन्ट प्राप्त गर्न सकिनेछन्। जति धेरै प्वइन्ट जम्मा गर्न सक्यो, त्यति धेरै उपहार हुलास स्टिल एपमार्फत उपहार प्राप्त गर्न सकिनेछ। 

यसका साथै हुलास स्टिलले यो एप–मोबाइमा डाउनलोड गर्दा रु. ५० को टपअप सुविधासमेत प्रदान गरेको छ।