काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले हेटौँडाको हर्नामाडीस्थित ठूलो दमारचोकमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका छन्। अब त्यस क्षेत्रका सेवाग्राहीले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग गर्न सक्नेछन्।
करिब पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखा तथा ६ एक्सटेन्सन काउन्टरमार्फत सेवाप्रदान गरिरहेको सिभिल बैंकले करिब रु. ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago