काठमाण्डौ । केही दिनअघिदेखि रोचक भिडन्त भइरहेको हेटौडा उपमहानगरपालिकामा एमालेले बाजी मारेको छ ।
स्थानीय निर्वाचनको पहिलो चरण अन्तर्गत एक मात्र उपमहानगरको रुपमा रहेको हेटौडामा एमाले उम्मेद्वारले मेयर र उपमेयरमा कब्जा जमाएका हुन् ।
मेयरमा एमालेका उम्मेद्वार हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित विजयी भए । उनका निकटतम प्रतिदन्दी कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५ सय ९ मत मात्र ल्याए ।
उपमेयरमा पनि एमालेकी मीना लामा निर्वाचित भइन् । उनले २३ हजार ४ सय ३७ मत ल्याइन् । निकटतम प्रतिदन्दी माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत प्राप्त गरे ।
हेटौडामा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए । तर उनीहरुको संयुक्त प्रयासले समेत एमालेलाई पर्छान सकेन ।
उपमहानगरपालिकाको अधिकांश वडामा एमालेले जितेको बताइएको छ ।
हेटौडा उपमहानगरको यो निर्वाचन परिणामले सबैभन्दा ठूलो धक्का चाहि राप्रपालाई लागेको छ । संसदमा चौथो शक्तिको रुपमा रहेको राप्रपा अध्यक्ष कमल थापाको गृहनगर हो हेटौडा । यसअघि हेटौडामा राप्रपालाई एमालेपछिको शक्तिको रुपमा हेरिन्थ्यो । तर उपमहानगरको निर्वाचनमा राप्रपा तेश्रो स्थानमा खुम्चिन पुुग्यो । पार्टी अध्यक्षको गृहनगरमै पार्टीको यस्तो हविगत हुनुुले राप्रपाको तीव्र क्षयीकरणको प्रतित गरेको विश्लेषकहरुले बताउन थालेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago