काठमाण्डौ । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यो वर्ष हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ । 
 

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै उक्त दुई जना व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
 

उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गरेको र डा. सुन्दुक रोइतलाई आँखा रोग विशषेज्ञका रुपमा सम्मानित गर्न गईरहेको हो । उक्त पुरस्कार यही पुष ११ गते शुक्रबार होटल याक एण्ड यतिमा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने भएको छ ।
 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पुर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशि नगद दुई लाख रुपैयाँ रहेको छ । साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिँदै आएको छ । स्व. मल्लले साल्ट टे«डिङ्ग कर्पोरेसनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमा काम गरी कर्पाेरेसनमा विशेष योगदान पु¥याएका थिए । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको पुरस्कारको छनोट समितिमा डा. हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य थिए ।  
 

यस अघि उक्त  पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महावीर पुनलगायत ११ जना सम्मानित भइसकेका छन् ।