काठमाण्डौ । विगत डेड वर्षदेखि व्यावसायिक घराना वैक,इन्सोरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकम तथा अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आईरहेको नेपालको पहिलो दर्जाको सैलुन,हेयर यन्ड शान्ति, कमलादी बीच सम्झौता भएको छ । 

डेढ वर्षको अन्तरालमा एक हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको हेरचार डटकमले आफ्नो बजार विस्तारलाई आक्रमक रुपमा अगाडि बढाउनको लागि गरेको सम्झौतापत्रमा अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आईरहेकोे नेपालको पहिलो दर्जाको सैलुन,हेयर यन्ड शान्ति, कमलादीका तर्फ बाट प्रबन्ध निर्देशक देवराज राजभण्डले हस्ताक्षर गरे भने हेरचार डटकमका तर्फवाट प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरे ।

गत फागुन  १ गतेदेखि लागू हुने गरी उक्त सम्झौतामा हेयर एन्ड शान्ति, कमलादीका ग्राहकहरुले हेरचार डटकममार्फत गराउने मर्मत तथा सम्भार सम्बन्धी कार्यहरुको सेवा शुल्कमा दश प्रतिशत छुट पाउने कुरा उल्लेख गरिएको छ ।