काठमाण्डौ । हेरचार डटकम प्रा.लि.को दोस्रो वार्षिक साधारण सभा हिजो बिहीबार काठमाण्डौ कमलपोखरीको काजी दरबार होटलमा सम्पन्न भएको छ । 
कम्पनीका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०७५–०७६ को वासलात, नाफा नोक्सान हिसाब पारित गर्दै लेखा परीक्षक नियुक्तिको निर्णय गरेको छ । 

वि.सं. २०७४ कार्तिक १४ गते काठमाण्डौमा स्थापना भएको यो कम्पनीले घर, कर्पोरेट अफिस, उद्योग व्यवसायीक प्रतिष्ठान र व्यतिगत घर भित्र बत्ती, प्लम्विङ्ग, मर्मत संभार, घरेलु प्रयोगका सामान सप्लाई, सरसफाई, रंग रोगन, मोडिफिकेशन लगायत आवश्यक पर्ने सबै प्रकारका सेवा प्रदान गर्ने गरी सम्पूर्ण हैन्डीम्यान सेवा दिने  लक्ष्य लिएको छ । १ करोड ५० लाख पूँजीमा स्थापित यस कम्पनीले काठमाण्डौ मा हाल १५० भन्दा बढी कर्पोरेट हाउस बैंक, बीमा, एनजीओ , राजदुतावास, मल्टिनेशनल कम्पनी, ‍औद्योगिक व्यवसायिक प्रतिष्ठान र व्यक्तिलाई सेवा प्रदान गरिरहेको छ । 

कम्पनी स्थापनाको ५ वर्षभित्र उपत्यकाका दश हजार घर र व्यवसायिक प्रतिष्ठानलाई सदस्य बनाई सेवा प्रदान गर्ने लक्ष्य लिएको यो कम्पनीले आ.व. २०७६–७७ को चार महिनामा आफ्नो गुणस्तरीय र विस्तारित सेवाबाट पाँच लाखभन्दा बढी संचाचलन मुनाफा कमाईसकेको छ। 

कम्पनीले कारोबार विस्तारको क्रममा छिट्टै फेन्चाइज मोडेलमा बुटवल, पोखरा, विरगंज, भरतपुर र विराटनगरमा हेरचार डटकमको कारोबार संचालन गर्ने निर्णयसमेत गरिसकेको छ ।