काठमाण्डौ । विगत ५ वर्षदेखि कुमारीपार्टीमा केन्द्रीय कार्यालयमा रही उच्च शिक्षाका लागि कुशल मार्गदर्शन गर्दै आइरहेको सेभेन सिज एजुकेशन कन्सल्टेन्सी तथा विगत डेढ वर्षदेखि मर्मतसम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकमबीच सम्झौता भएको छ ।

सम्झौतामा सेभेन सिजएजुकेशन कन्सल्टेन्शीमा परामर्श लिन आउने विद्यार्थीहरुको घर तथा कार्यालयहरुमा आवश्यक पर्ने धारा, पानीबिजुलि, कार्पेन्ट्री तथा अन्य मर्मतसम्भारमा हेरचारले सेवा दिने तथा सो बापत लिने सेवा शुल्कमा विशेष छुट दिने कुरा उल्लेख भएको हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताए ।

सो सम्झौतामा सेभेन सिजएजुकेशन कन्सल्टेन्शीका तर्फबाट सेभेन सिजका प्रमुख  क्षितिज कोईरालाले हस्ताक्षर गरेका थिए भने हेरचारका तर्फबाट प्रबन्धक उत्सव भट्टराईले हस्ताक्षर गरेका थिए ।