काठमाण्डौ। कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ। मानिसहरुले चाहेर पनि यात्रा गर्न नसक्दा र सामाजिक सुरक्षाको कारण बेला–बेलाामा भइरहेको बन्दाबन्दीले गर्दा ठूलो लगानी भएका होटेलदेखि रेस्टुराँहरुसम्म बन्द छन्। त्यसको मार लगानीकर्तालाई परेको छ।
यस जोखिमबाट पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत दिनका लागि द पिक हस्पाटिलिटीले टच फ्री सोलुसन र मोबाइल एप्लिकेसन्समार्फत कोभिडविरुद्धको लडाइँमा सहभागिता जनाउने प्रयास जारी राखेको छ। ‘यो प्रयास नेपाल तथा सबै मुलुकका लागि एउटा ठूलो अवसर हुन्छ भन्ने विश्वास लिएका छौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कोभिडको संक्रमण विस्तार मूलभूत रुपमा शारीरिक निकटताले हुन्छ। पर्यटकहरु होटेलमा जाँदा बुकिंग गर्नेदेखि रुपमा चेकइन गर्ने, फुड एन्ड वेभरेज अर्डर गर्नेलगायतका काम गर्न सातवटा टच प्वाइन्ट विभिन्न टच प्वान्ट हुन्छन्। अल्टिमेट सोलुसन्सले होटेलमा बस्न जाँदा कतै छुनु नपर्ने (टच फ्रि) अनुभव हुने गरी यो ‘सत्कार’ एप्लिकेसन विकास गरेको हो।
पर्यटकहरुका लागि आगामी दिनमा ‘सुरक्षा नै आराम’ भन्ने मूल मन्त्रलाई सम्बोधन गरी यो एप विकास गरिएको कम्पनीले जनाएको छ। यो सिस्टमलाई बिक्री तथा बजार प्रवर्द्धनको काम पिक हस्पिटालिटी आफैँले गर्नेेछ। म्यानुअल टच प्लाइन्टलाई हटाएर डिजिटल तरिकाले काम गर्ने गरी विकास गरिएको एपले होटेलको फ्रन्ट अफिस, मानव संसाधन, वित्त, स्टोर, सुरक्षा, हाउस किपिङ, फुड एण्ड बेभरेज, इन्जिनियरिङलगायतका सबै डिभिजनहरुलाई एउटै एपमा एकीकृत गर्छ।
मोबाइलमै होटेल बुकिङदेखि चेक इन गर्न, ढोका खोल्न, खानाहरु अडर गर्न, एसी चलाउन, टिभी खोल्न कुनै कुरा अडर गर्न वा स्विच थिची राख्न पर्दैन। चेक आउट गर्न फोन वा रिसेप्सनमा लाइन लागेर पर्खिनुपर्दैन। यी सबै काम मोवाइल एप्लिकेसनबाटै होटेलको ग्राहक आफैंले गर्न सकिन्छ।
यो एप्लिकेसन चलाउन निकै सजिलो छ। सुरक्षाको सबै उपायहरु अपनाएकाले सुरक्षित छ। होटेललाई म्यानुअलबाट डिजिटल बनाउन मद्दत गर्छ। होटेल क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरुको परामर्शमा यो एप्लिकेसन विकास गरिएको कम्पनीले जनाएको छ।
अहिलेसम्म विभिन्न वेब एप्लिकेसनमार्फत होटेलको बुकिङ गरेपछि सबै काम होटेलको काउन्टरदेखि ग्राहक कर्मचारीले म्यानुअल्ली काम गर्नु पथ्र्यो। सत्कार एपमार्फत ग्राहकले सेल्फ बुकिङ र सेल्फ अर्डर गर्न सक्छ। ग्राहकले क्यूआरमार्फत ढोका खोलेर होटैलको कर्मचारीको सहयोग विना आफ्नो रुममा प्रवेश गर्न सक्ने कम्पनीको भनाइ छ।
सत्कार एप नन स्टारदेखि फाइभ स्टार होटेलसम्मका लागि उपयोगी हुने गरी विभिन्न भर्र्सनहरुमा उपलब्ध छ। यस एपलाई होटेलले आफ्नो अनुकूल हुने गरी मोडिफाई गरेर प्रयोग गर्न सक्छ। यसलाई होटेलको आवश्यकता अनुसार बदल्न सकिन्छ।
एस एपले पर्यटकको सुरक्षालाई सुनिश्चित गर्छ। होटेलहरुको सञ्चालन खर्च घटाउँछ। यसले मानवीय त्रुटिलाई घटाउँछ।
सबै कुरा स्वचालित रुपमा हुने भएकाले होटेलको जनशक्तिसमेत घट्ने कम्पनीको दाबी छ।
कागजी कामलाई यसले प्रतिस्थापन गर्ने र आन्तररिक राजस्वले प्रमाणित गरेको बिलिङ प्रणाली यसमा एकीकृत गरिएको कम्पनीले जनाएको छ।
यो एपको प्रयोग गरी होटेलको बिल ग्राहक स्वयंले निकाल्न सक्नेछन्। नेपालमा विकास भएको यो एप विश्वब्यापी रुपमा हस्पिटालिटी उद्योगका लागि उपयोगी हुने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ।
कोभिडको महामारी विश्वव्यापी रुपमा होटेल क्षेत्रले व्यहोरेकाले यस एपको माग विदेशमा समेत उत्तिकै हुने एप विकासकर्ता कम्पनीको दाबी छ। नेपाली प्रोडक्टका रुपमा विदेशमा समेत यसले बजार लिने अपेक्षा छ।
द पिक हस्पाटिलिटीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवर्द्धन र मार्केटिङ गर्ने योजना बनाएको छ। सत्कार एप सार्वजनिक गरिएको अवसरमा यसको प्रवर्द्धनका लागि सफ्टवेयर एप्लिकेसन भारी छुटमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago