काठमाण्डौ । नेपालका लागि होन्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ। 

नेपालका सातै प्रदेशका ग्राहकले सहभागिता जनाउन सक्ने यस योजनाअन्तर्गत प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपनमार्फत रु. १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ भने योजना अवधिभर होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहक मध्ये प्रत्येक प्रदेशबाट एक–एकजना गरी सातै प्रदेशबाट सातजना ग्राहकले लक्की ड्रमार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्नेछन्। यसका साथै बम्पर लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले नगद रु. ७ लाख उपहार पाउनेछन्। 

स्याकार इन्भेस्टमेन्टमार्फत हुने १% ईएमआई पेमेन्ट स्किमबाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ। योजना २०७९ वैशाख २५ गतेदेखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ। 

नेपालमा सर्वाधिक रुचाइएको होन्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरुले ग्राहकलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ।