काठमाण्डौ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो दसैँ तथा तिहार स्किम ‘होन्डाको दसैँको शुभ लाभ’को विजेताहरु घोषित गरेको छ। 

यस योजनाअन्तर्गत ७ प्रदेशबाट एक–एकजना गरी ७ जना ग्राहकले रु. ७ लाख र बम्परमा लक्की ड्रमार्फत रु १५ लाख नगद उपहार प्राप्त गरेका छन्। 

यो योजनाअन्तर्गत प्रदेश १ बाट सत्यसाई अटो सिटी पालि (दुर्गादेवी सापकोटा), प्रदेश २ बाट मिसिका इन्टरप्राइजेज (अमितकुमार शाह), प्रदेश ३ बाट एसटीसी टेकु (मनीषा बज्राचार्य), प्रदेश ४ बाट कुँवर बदर्स (कृष्णकुमार आले), प्रदेश ५ बाट अमृत इन्टरनेसनल प्रालि (विष्णु पोखरेल), प्रदेश ६ बाट डाँफे अटोपाट्र्स एन्ड सप्लार्य (सुनिता खत्री) र प्रदेश ७ बाट उमा ट्रेडर्स (लक्ष्मण भट्ट)ले रु. १ लाख नगद उपहार प्राप्त गरेका छन्। 

त्यसैगरी चन्द्रबहादुर थापा (सिद्धि विनायक अटो इन्टरनेसनल प्रालि)ले बम्पर उपहार रु. १५ लाख प्राप्त गरेका छन्। यसका साथै फाइनान्समा खरिद गरेका ग्राहकलाई पनि बम्पर लक्की ड्रमा सामेल गरिएको थियो।

यस योजनाअन्तर्गत ग्राहकले स्क्रयाच कुपनमार्फत रु ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारका साथै इजी फाइन्यान्सको पनि सुविधा प्राप्त गरेका छन्।