काठमाण्डौ । दुईदिने ह्वावे मोबाइल नेपाल कंग्रेस (एमएनसी २०२३) ले इको–सिस्टम साझेदारहरुको संलग्नता र सबै सहभागीहरुबाट प्रशंसा बटुलेर उत्कृष्ट सफलता हासिल गरेको छ।
ह्वावेले जुन २३ मा सोल्टी होटल काठमाण्डौमा आईसीटी फाउन्डेसन अफ नेपालसँग ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ संयुक्त रुपमा आयोजना गरिएको थियो। समानान्तर कार्यक्रममा, ह्वावे मोबाइल नेपाल कंग्रेस, ह्वावे फाइभजी परिदृश्य, ह्वावे क्लाउड सोलुसन्स, ग्रीन डाटा सेन्टर, स्मार्ट अफिस टेक्नोलोजीहरु प्रदर्शन गरेको थियो। स्मार्ट सिटी कन्सेप्ट, स्मार्ट ग्रिड क्याम्पस, आदि यी दुई दिनमा नेपालका प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, सीईओ र दूरसञ्चार कम्पनीका नेताहरुले ह्वावे एमएनसीको अवलोकन गरेका थिए र ह्वावेले डिजिटल नेपाल सक्षम बनाउनका उपाय र प्रयासहरुको प्रशंसा गरेका थिए।
विभिन्न देशका आईसीटी विज्ञसहित ७० भन्दा बढी स्रोतव्यक्तिको सहभागिता थियो भने ६ वटा विषयमा १५ सत्र सञ्चालन गरिएको थियो। सम्मेलनमा दक्षिण कोरिया, सिंगापुर, भारत र बंगलादेशका विषय विज्ञहरुको सहभागिता थियो।
डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन तीनवटा विषय वस्तुमा छ वटा फरक–फरक छलफल सत्र सम्पन्न भएको छ। ‘बिल्डिङ फाउण्डेशनल टेक स्ट्याक एन्ड डिजिटल क्यापेबिलिटी’ शीर्षकको प्यानल छलफलमा ह्वावे एसिया प्यासिफिक रिजनका प्रमुख मार्केटिङ अफिसर श्री छु सु ले नेपालको डिजिटल क्षमता निर्माणका लागि फाइभजी र आईओटीमा अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गरेका थिए।
ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम ह्वाङले कार्यक्रममा आफ्नो समापन मन्तव्य राखेका थिए। उनले भने, ‘डिजिटल ट्रान्सफर्मेसन आर्थिक वृद्धिको मुख्य इन्जिन हो। त्यसैले डिजिटल ट्रान्सफर्मेसनमा जानु स्पष्ट रुपमा सही विकल्प हो। ह्वावे डिजिटल नेपालको एक सक्षमकर्ता हुन पाउँदा र ह्वावे मोबाइल नेपाल कंग्रेसमार्फत उद्योगका लागि नयाँ समाधान र आइडिया ल्याउन पाउँदा हामी खुसी छौँ।’
दुई दिनको कार्यक्रममा डिजिटल नेपाल कन्क्लेभ र मोबाइल नेपाल कंग्रेसमा सामेल भएकाहरुको यसप्रति धेरै नै चासो रहेको थियो। जुन नेपालको विकासका लागि निकै लाभदायी हुनेछ।
एमएनसीले विश्वव्यापी आविष्कार र समाधानहरुको प्रदर्शन र डिजिटल नेपालतर्फको यात्रालाई तीव्रता दिनको लागि देशमा तिनीहरुको सान्दर्भिकता र व्यावसायिक व्यवहार्यतामा छलफल गर्न प्रेरित गरेको छ। ह्वावेले गिगाभर्स पहल, अल्ट्रा–अटोमेसन स्पीड अप, इन्टेलिजेन्ट कम्प्युटिङ र सेवाको रुपमा नेटवर्क, मागमा फरक अपेक्षा र वातावरणीय, सामाजिक र सुशासनका लागि गाइड सेट गरेको छ।
‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नारामा आयोजना भएको कन्क्लेभले डिजिटल रुपान्तरण र त्यसका आवश्यक नीति तथा कार्यान्वयनका लागि नेपालको क्षमता बढाउन जोड दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago