काठमाण्डौ । गत कात्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौं ग्राहकहरूले करोडौंको छूट पाएका छन् ।

कम्पनीका अनुसार यो वर्षको ११.११ सेलमा ५० लाख ग्राहकहरूले दराजबाट सामान खरिद गरेका छन् । 

११.११ सेलमा तेल, घ्यूजस्ता रासनका सामानहरू अत्यधिक बिक्री भएको थियो । सेल सुरु भएको १९ मिनेटमै दराजले पहिलो ५०० वटा अर्डर प्राप्त गरेको थियो, साथै सामान्य समयको तुलनामा ११.११ सेलमा दराजको बिक्री ४६ प्रतिशतले बृद्धि पनि देखिएको थियो ।  ११.११ सेलको सफलता बारेमा चर्चा गर्दै दराजका प्रबन्धक निर्देशक आँचल कुँवरले भनिन्,  ‘यो चुनौतीपूर्ण समयमा  हाम्रा ग्राहकहरूको लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउनमा प्रतिबद्ध छौं । र हाम्रो यही उद्देश्यले गर्दा नै ११.११ सेलले यो सफलता प्राप्त गरेको छ ।’
 

सेलमा ८०० भन्दा धेरै डेलिभरी कर्मचारीहरू खटिएका थिए । सेलमा काठमाण्डौदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबैभन्दा लामो यात्रा तय गरेर सामान डेलिभरी गरिएको थियो । 

दराजले राजधानी बाहिरका बिक्रेताहरूलाई पनि समान अवसर प्रदान उद्देश्यले देशका १०८ स्थानहरूबाट सेवा प्रवाह गर्ने गरेको छ। सेलको अवधिमा काठमाण्डौ उपत्यका बाहिरका खरिदकर्ताहरूको  संख्यामा ६०० प्रतिशतले बृद्धि भएको पनि कम्पनीले बताएको छ ।