काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरणको मतपरिणाम सार्वजनिक हुन थालेको छ । पछिल्लो परिणाम अनुसार १ महनागरसहित ३३४ स्थानीय तहका केही वडाको नतिजा सार्वजनिक भइसकेको छ । एक महानगर विराटनगरको मतगणना सुरु भइसकेको छैन भने मतगणना भइरहेका १० नगरपालिकामध्ये ६ वटामा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
जिल्लास्थित सम्बन्धित निर्वाचन कार्यालयहरुका अनुसार डोटीका दीपायल सिलगढी र शिखर, कञ्चनपुरको महाकाली, बैतडीको मेलौली र रूपन्देहीको देवदह नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवारले अग्रता लिएका छन् ।
कञ्चनपुरको महाकाली नगरपालिकामा २५० मत गणना भइस्केको छ । नेपाली कांग्रेसका मेयर उम्मेदवारे १०८ मत पाएका छन् भने एमालेले ५९ मत पाएको छ। उपमेयरमा एमालेले १०१ मत र कांग्रेसले ६० मत पाएको छ ।
डोटीको शिखर नगरपालिकाको वडा नम्बर १ को १०२ मत गन्दा मेयरमा कांग्रेस उम्मेदवारले ६२ मत पाएका छन् भने उपमेयरले ६० मत पाएका छन्। एमालेका मेयर उम्मेदवारले ३४ मत र उपमेयरले ३२ मत पाएका छन् ।
यस्तै, डोटीकै दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ को १०० मत गनिसक्दा कांग्रेसले मेयरमा ५८ मत र उपमेयरमा ४१ मत पाएको छ । एमालेले मेयरमा १४ र उपमेयरमा ३६ मत पाएको छ।
रुपन्देही जिल्लाको देवदह नगरपालिकामा १ सय मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार हिराबहादुर केसीले ३७ मतसहित सुरुवाती अग्रता लिएका छन् । उनलाई एमालेका टिकाराम चापागाईँले २४ मतसहित पछ्याइरहेका छन् ।
बैतडीको मैलौलि नगरपालिकाको वडानम्बर १ को ११५ मत गणना हुँदा कांग्रेस मेयर उम्मेदवारले ४१ मत पाएका छन् भने उपमेयरले २८ मत पाएका छन्। एमालेका मेयर उम्मेदवारले ३१ मत र उपमेयर उम्मेदवारले २४ मत पाएका छन् । माओवादी केन्द्र भने मेयरमा २६ र उपमेयरमा १८ मत ल्याएका छन् ।
त्यस्तै, उता संखुुवासभाको खाँदबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ । वडानम्बर १० को ३२३ मत गनिसक्दा मेयरमा एमाले उम्मेद्वारले १५९ मत ल्याएका छन् भने १२६ मतसहित कांग्रेसले पछ्याइरहेको छ । उपमेयरमा एमालेका उम्मेदवारले १४९ मत ल्याएका छन् भने १३७ मत ल्याएर कांग्रेस उम्मेदवार दोस्रो स्थानमा छन्।
कैलालीका दुई नगरपालिका टीकापुर र भजनीमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता लिएको छ । भजनी नगरपालिकामा १७० मत गन्दा फोरमका मेयर उम्मेदवारले ३९ मत पाएका छन् भने उपमेयर उम्मेदवारले ३४ मत पाएका छन्। दोस्रो स्थानमा रहेका कांग्रेस मेयर उम्मेदवारले २३ मत र उपमेयरले २४ मत पाएका छन्। एमाले यो ठाउँमा तेश्रो स्थानमा छ ।
टीकापुर नगरपालिकामा समेत फोरम लोकतान्त्रिक नै अगाडि छ । यहाँ २०० मत गन्दा फोरमका मेयर र उपमेयर उम्मेदवारले समान ५६ मत पाएका छन्। दोस्रो स्थानमा एमाले र कांग्रेस छन्। दुबै पार्टीका मेयर उम्मेदवारले ५२ मत पाएका छन्।
उता, बर्दियाका तीनवटै नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । मधुवन, ठाकुरबाबा र बाँसगढी नगरपालिकामा माओवादीका मेयर तथा उपमेयरका उम्मेद्वारहरुले अग्रता लिएका छन् ।
रुपन्देहीको सिद्धार्थ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ५३, नेकपा एमालेले ४८, राप्रपाले ४२ तथा माओवादी केन्द्रका उम्मेद्वारले ३४ मत पाएका छन्।
प्यूठान नगरपालिकामा एमालेले अग्रता लिएको छ । यहाँ एमालेका मेयर उम्मेद्वारले ६५ मत ल्याएका छन् भने राप्रपाले ४५ मतले पछ्याइरहेको छ ।
नवलपरासीको रामग्राम नगरपालिकामा कांग्रेस र एमाले समान मतपरिणामसहित कडा टक्कर गरिरहेका छन् । यो क्षेत्रमा कांग्रेस र एमालेका मेयर उम्मेद्वारले समान ७३ मत पाएका छन् । उपमेयरमा कांग्रेस अगाडि छ ।
उर्लाबारी नगरपालिकामा एमाले अगाडि छ । एमालेका मेयर उम्मेद्वारले ८६ मत पाएका छन् भने कांग्रेसले ६७ मत पाएको छ । यो क्षेत्रमा उपमेयरमा समेत एमालेकै अग्रता छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago