काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । शुक्रबार राति ९ बजेसम्ममा ४१ तहको नतिजा आइसकेको छ । जसमध्ये १७ स्थानमा एमालेले जित हासिल गरेको छ । १५ स्थानसहित कांग्रेसले उसलाई पछ्याइरहेको छ । यस्तै, ८ स्थानमा माओवादी केन्द्रले जितेको छ । राष्ट्रिय जनमोर्चले १ ठाउँमा जितेको छ ।
मतगणना जारी रहेको क्षेत्रमध्ये एमाले ८६ र कांग्रेस ८३ स्थानमा अगाडि छ । माओवादी केन्द्र २५ स्थान तथा अन्य साना दल १६ स्थानमा अगाडि छन् ।
हालसम्म कुन क्षेत्रमा कस कसले जित्यो ? हेरौं सूचि :
नेकपा एमालेले जितेको क्षेत्र
- डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)
- बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत
- बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही
- खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई
- बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
- बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
- बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
- ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ
- भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
- दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
- बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
- बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी
- उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा
- नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे
- धनकुटा, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका : मनोज राई
- दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंह
- बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट
कांग्रेसले जितेको क्षेत्र
- बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल
- बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
- बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
- संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
- संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
- दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट
- गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
- डडेल्धुरा, नामः भागेश्वर गाउँपालिकाः कौशिला भट्ट
- डडेल्धुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
- डोटी, के.आइ.सिं गाउँपालिकाः लोकेन्द्र शाही
- डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल
- बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
- खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
- नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
- ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
माओवादी केन्द्रले जितेको क्षेत्र
- सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
- सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
- दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
- रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
- रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
- डडेल्धुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
- रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
- डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
राष्ट्रिय जनमोर्चा
- प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना