काठमाण्डौ । करिब १८ वर्षपछि भारतका राष्ट्रपतिले नेपालको भ्रमण गरेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने नेपाल भ्रमणका लागि बुधबार काठमाण्डौ आइपुगेका हुन् । 

उनी भारतीय बायु सेवाको विशेष विमानबाट साढे १२ बजे काठमाण्डौस्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण भएका थिए । 

उनको आगमनको क्रममा ५० मिनेट विमानस्थल बन्द गरिएको थियो । उनी आगमन हुने विभिन्न रुटमा पैदल यात्रीलाई समेत हिंड्न बन्देज लगाइएको थियो । 
वि.सं. २०५५ साल जेठ १४ गते तत्कालीन भारतीय राष्ट्रपति केआर नारायणनले नेपालको भ्रमण गरेका थिए । त्यसपछिका कुनै पनि राष्ट्रपति भ्रमणका लागि नेपाल आएका थिएनन् । 

सरकारले १८ वर्षपछि हुन लागेको भारतीय राष्टपतिको भ्रमणमा हुने सुरक्षा चुनौति र टाफिक व्यवस्थापनलाई मध्यनजर गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय समेत गरेको थियो । यो निर्णयप्रति देशबासीले भने कडा आलोचना गरेका थिए । 

मुखर्जीको भ्रमणको क्रममा देखिएका केही दृश्यहरुका लागि तलका फोटोमा क्लिक गर्नुहोस् :