काठमाण्डौ । डिशहोमले १ वर्षको रिचार्जमा ल्याएको अफरमा भिमसेन थापा गाउँपालिका–२ का रामजीप्रसाद अम्गाई र गंगाजमुना गाउँपालिका–४ का राजेन्द्र भण्डारीले जनही रु. १ लाख जितेका छन्।

डिशहामले ग्राहकले एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्ने अफर ल्याएको छ। यो अफरअन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा रु. १ लाख जित्ने अवसर ल्याइएको छ। 

यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन्। यसै क्रममा अम्गाई र भण्डारीले जनही रु. १ लाख जितेका हुन्। 

डिलर दाई विष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा १ वर्ष रिचार्ज गरेर अम्गाई र भण्डारीले लक्कीड्रमा सहभागी हुने अवसर पाएका थिए। डिशहोमका तर्फबाट सेल्स अफिसर  मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन्। 

डिशहोम डीटीएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ। लक्कीड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टीभी, रमाइलो टीभी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिनेछ।