-धर्म मलासी
काठमाण्डौ । भनिन्छ बिहानीको पहिलो प्रहरले दिनको झलक दिन्छ । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यका साथ तामझामसहित घोषणा गरेको भिजिट नेपाल २०२० को जनवरीमा नेपाल भित्रिएका पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
यसले नेपाल सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा धक्का लाग्ने देखिएको छ । र, सरकारलाई यो लक्ष्यलाई भेट्टाउन धौ धौ पर्ने समेत देखिएको छ ।
यो वर्षको जनवरीमा हवाई र स्थल मार्ग गरी ७९ हजार ६ सय ८६ पर्यटक नेपाल भित्रिएका छन् । जुुन गत वर्षको जनवरीको तुुलनामा २ प्रतिशतले कम हो । सन् २०१९ को जनवरीमा विभिन्न माध्यमबाट नेपाल भित्रिने पर्यटकको संख्या भने ८१ हजार २ सय ७३ रहेको थियो।
यो वर्षको जनवरीमा नेपाल भित्रिएका कुुल ७६ हजार ६ सय ८६ पर्यटकमध्ये ६५ हजार ९ सय ८३ पर्यटक हवाई मार्ग हँुदै र १३ हजार ७ सय ३ पर्यटक स्थलमार्ग हुँुदै नेपाल भित्रिएका हुुन् । नेपाल भित्रिएका पर्यटकमा पहिलो स्थानमा भारत रहेको छ ।
भारतबाट यो एक महिनाको अवधिमा १६ हजार ८ सय ८२ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुुलनामा ४.४ प्रतिशतले कम हो । गत वर्षको जनवरी महिनामा १७ हजार ६ सय ८३ भारतीय पर्यटकको नेपाल आगमन भएको थियो ।
यो वर्षको जनवरीमा नेपाल भित्रिने पर्यटकमा चिन दोस्रो स्थानमा रहेको छ । चिनबाट नेपालआउने पर्यटकको संख्या १३ हजार ३ सय ३ रहेको छ ।
जुुन गत वर्षको जनवरीको तुुलनामा ३ प्रतिशतले बढी हो । चिनमा अहिले प्राणघातक कोरोनाभाइरस फैलिएता पनि यसले नेपाल आउने पर्यटकको संख्यामा भने कुुनै प्रभाव पारेको देखिदैन । जनवरीको अन्तिमतिर संयुुक्त राष्ट्रसंघले स्वास्थ्य संकटकाल घोषणा गरेकाले पनि यो संख्यामा भिन्नता नदेखिएको नेपाल पर्यटन बार्डका अनुुसन्धान योजना तथा अनुुगमन निर्देशक मणिराज लामिछानेले बताए । तर उनले अब चिनमा तीव्र गतिमा फैलिरहेको भाइरसले नेपाल आउने पर्यटकको संख्या घट्न सक्ने अनुुमान गरे । ‘चिनमा देखिएको भाइरसले चिनिया पर्यटक घट्न सक्ने भएकाले हाम्रो ध्यान अब भारत, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, श्रीलंका, सिंगापुुर र बंगलादेशतर्फका पर्यटकतर्फ हुनेछ ।’ उनले भने ।
त्यस्तै जनवरीमा नेपालभित्रिने पर्यटकको सुुचिमा अमेरिका तेस्रो स्थानमा रहेको छ । अमेरिकाबाट यो महिना ६ हजार ३ सय ८६ पर्यटक नेपाल आएका छन् । नेपाल भित्रने पर्यटकको चौथौ, पाचौ, छैठौ, र सातौ स्थानमा क्रमशः दक्षिण कोरिया(४५५९), म्यान्मार(४४१७), थाइल्याण्ड(४०१०) र बेलायत(३५८९) रहेका छन् ।
सार्क राष्ट्रमा भारत पछि सबैभन्दा धेरै बंगलादेशी पर्यटक नेपाल भित्रिएका छन् । बंगलादेशबाट जनवरीमा २ हजार २ सय ८५ पर्यटक नेपाल भित्रिएका छन् । प्रतिशतका आधारमा बंगलादेशबाट जनवरीमा नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै वृद्धि भएको छ । गत वर्षको जनवरीको तुुलनामा यो वर्ष ७८ प्रतिशत वृद्धि भएको हो । त्यसपछि भुुटानी पर्यटक(१५९६), पाकिस्तान(४१२), र श्रिलंका(२९२) रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago