काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । शनिवार बिहानसम्म ७६ तहको नतिजा आइसकेको छ । जसमध्ये ३४ स्थानमा एमालेले जित हासिल गरेको छ । २६ स्थानसहित कांग्रेसले उसलाई पछ्याइरहेको छ । यस्तै, १४ स्थानमा माओवादी केन्द्रले जितेको छ । राष्ट्रिय जनमोर्चले १ र संघीय समाजवादी फोरमले १ ठाउँमा जितेको छ । 

मतगणना जारी रहेको क्षेत्रमध्ये एमाले ८२ र कांग्रेस ८२ स्थानमा अगाडि छ । माओवादी केन्द्र २० स्थान तथा अन्य साना दल १३ स्थानमा अगाडि छन् । 

हालसम्म कुन क्षेत्रमा कस कसले जित्यो ? हेरौं सूचि :

एमालेले जितेका क्षेत्र

  1. डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)
  2. बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत
  3. बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही
  4. खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई
  5. बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
  6. बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
  7. बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
  8. ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ
  9. भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
  10. दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
  11. बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
  12. बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी
  13. उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा
  14. नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे
  15. दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंह
  16. बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट
  17. धनकुटा, खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाः  मनोज राई
  18. भोजपुर, पौवादुम्मा गाउँपालिकाः किरण राई
  19. पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन
  20. पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती
  21. संखुवासभा, मादी नगरपालिकाः  विदुर लिन्थेप
  22. भोजपुर, ट्याम्के मैयुम गाउँपालिकाः ध्रुवराज राई
  23. डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट
  24. पाल्पा, पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा
  25. इलाम, सन्दकपुर गाउँपालिकाः उदयबहादुर राई
  26. भोजपुर, हतुवागढी गाउँपालिकाः प्रेमबहादुर राई
  27. गुल्मी, रेसुङ्गा नगरपालिकाः डिल्लीराज भुसाल
  28. ताप्लेजुङ, मिक्वाखोला गाउँपालिकाः रामकुमार सावा
  29. डोटी, पूर्वीचौकी गाउँपालिकाः दीर्घराज बोगटी
  30. सोलुखुम्बु, दूधकोशी गाउँपालिकाः  बुद्धिकिरण राई
  31. धनकुटा, पाख्रिबास नगरपालिकाः विर्षबहादुर राई
  32. खोटाङ, लामिडाँडा गाउँपालिकाः लीलानाथ निरौला
  33. पाँचथर, कुम्मायक गाउँपालिकाः जयबहादुर चेम्जोङ
  34. गुल्मी, रुरू गाउँपालिकाः नीलकण्ड गौतम

कांग्रेसले जितेका क्षेत्र

  1. बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल
  2. बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत
  3. बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा
  4. संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
  5. संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
  6. दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट
  7. गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
  8. डडेल्धुरा, नामः भागेश्वर गाउँपालिकाः  कौशिला भट्ट
  9. डडेल्धुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ
  10. डोटी, के.आइ.सिं गाउँपालिकाः लोकेन्द्र शाही
  11. डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल 
  12. बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
  13. खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला
  14. नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
  15. ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
  16. गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
  17. पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
  18. बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
  19. डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
  20. भोजपुर, भोजपुर नगरपालिकाः कैलाशकुमार आले
  21. ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला
  22. बैतडी, दशरथ चन्द नगरपालिका: नरेन्द्रसिंह थापा
  23. बझाङ, बुंगल नगरपालिकाः धनबहादुर विष्ट
  24. भोजपुर, अरुण गाउँपालिकाः गजेन्द्रबहादुर कार्की
  25. दार्चुला, मालिकार्जुन गाउँपालिकाः नरेन्द्र सिंह धामी
  26. अछाम, कमलबजार नगरपालिकाः ओमप्रकाश विष्ट

माओवादी केन्द्रले जितेका क्षेत्र

  1. सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
  2. सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
  3. दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
  4. रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
  5. रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
  6. रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
  7. डडेल्धुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
  8. डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
  9. रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती
  10. कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक
  11. रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
  12. रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी
  13. भोजपुर, आमचोक गाउँपालिकाः अशोक राई
  14. खोटाङ, साकेला गाउँवपालिकाः अर्जुन कुमार खड्का

अन्य

  1. राष्ट्रिय जनमोर्चाः प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना
  2. संघीय समाजवादी फोरमः बाँके, नरैनापुर गाउँपालिकाः इश्तियाक अहमद साह