काठमाण्डौ । मतगणनाको क्रममा निरन्तर अगाडि बढिरहेका नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले मतअन्तरले फराकिलो बनाउँदै लगेका छन् । 

पछिल्लो अपडेट अनुसार गोरखा २ को प्रतिनिधिसभा सदस्यमा डा. भट्टराईले २७ हजार २ सय २३ मत प्राप्त गरेका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ मतले पछ्याइरहेका छन् । 

यो क्षेत्रको कुल ५२ हजार ५ सय ६५ मत गन्दा बाबुरामले नारायणकाजीसँगको मतान्तर बढाएर ४९०० पुर्याइसकेका छन् ।