काठमाण्डौ । स्थानीय निर्वाचनको मतगणनाको क्रममा धेरैको ध्यान देशका चार महानगरहरुमा छ । यी चार महानगरको ताजा मत परिणाम प्राप्त भएको छ । सबैभन्दा पुरानो महानगर काठमाण्डौमा कांग्रेसले अग्रता लिएको छ भने बाँकी ३ महानगरमा एमालेको अग्रता कायमै छ ।
काठमाण्डौ महानगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेद्वार राजुराज जोशीले ५४७ मत प्राप्त गरेका छन् भने एमालेका विद्यासुन्दर शाक्यले ४२० मत प्राप्त गरेका छन् । साझा पार्टीका किशोर थापाले २२० र विवेकशीलकी रञ्जुले २१५ मत प्राप्त गरेकी छिन् ।
यस्तै, ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले ४९२६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ४७४४ मत प्राप्त गरेका छन्
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले माओवादीकी रेणु दाहाललाई फराकिलो मत अन्तरले पछि पारेका छन् । ज्ञवालीले १३६३ मत ल्याउँदा दाहालले ९७७ मत मात्र प्राप्त गरेकी छिन् ।
पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले उम्मेद्वारकै अग्रता छ । एमाले उम्मेद्वार मानबहादुर जिसीले २११९ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । कांग्रेसका रामजी कुँवरले २०२९ मत प्राप्त गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19