काठमाण्डौ । मदिरा उत्पादक रुस्लानले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । 

सन् १९७३ मा स्थापना भएको कम्पनीले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा रोयल नेपाल गल्व क्लब(आरएजीसी) मा गल्फ प्रतियोगिता गर्न लागेको हो ।

रुस्लान गल्फ प्रतियोगिता आगामी कात्तिक १७ र १८ गते आरएजीसीमा आयोजना हुनेछ । जसमा जसमा १३० जना आरएजीसी सदस्यहरूको प्रतिस्पर्धा हुनेछ ।

नेपालमा गल्फको शुरुवातकर्ता आरएजीसीले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र आरएजीसी दुवैै मिलेर ‘रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता’ गल्फ प्रतियोगिता आयोजन गर्न गइरहेको हो । 

जावलाखेल ग्रूप अफ इण्डष्ट्रिज(जेजीई) का निर्देशक श्रीहर राणाले रुस्लानको पाँच दशक यात्रा र आरएजीसीको १०७ औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै गल्फ प्रतियोगिता गर्न लागिएको बताए । उनका अनुसार रुस्लान र आरएनजीसी दुवैले एकअर्कालाई प्रबर्द्धन गर्न र उत्सवको रुपमा मनाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।