काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरणमा आइतबार ३४ जिल्लामा ७१ प्रतिशत मत खसेको छ । 

निर्वाचन आयोगले मतदानको समय सकिएपछि जिल्लाहरुबाट प्राप्त तथ्यांकको प्रारम्भिक विश्लेषण गर्दै ७१ प्रतिशत मत खसेको बताएको हो । 

आयोगले स्थानीय निर्वाचनमा देखिएको सहभागितालाई निकै उत्साहप्रद पनि भनेको छ ।