काठमाण्डौ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय निर्वाचन भई मतगणना जारी रहेका ७ उपमहानगरपालिका र एक महानगरपालिकामार्फत सबैको ध्यान केन्द्रीत छ ।
दोश्रो चरणको निर्वाचन भएका तीनवटा प्रदेशहरुमा रहेको एक मात्र महानगर विराटनगरमा कांग्रेसले सुरुवाती अग्रतालाई कायम राखेको छ । बाँकी ७ उपमहानगरमध्ये कांग्रेस र एमाले ३/३ स्थानमा अगाडि छन् भने माओवादी कुनै पनि स्थानमा अगाडि छैन । बरु एउटा उपमहानगरमा राप्रपाले अग्रता लिएको छ ।
मतगणना भइरहेका ७ उपमहानगरमध्ये एउटामा माओवादी दोश्रो स्थानमा छ भने बाँकी सबैमा तेश्रो वा त्यसभन्दा पनि पछिल्लो स्थानमा पुुगेको छ ।
प्रदेश नम्बर १ मा चासोका साथ हेरिएको इटहरी र धरान उपमहानगरपालिकामा अनपेक्षित रुपमा कांग्रेसले अग्रता लिएको छ । यी दुवै क्षेत्र एमालेको पकड क्षेत्रको रुपमा चिनिन्थ्यो । इटहरीमा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार रोहित प्रसाईंले ९ सय ७६ मत ल्याएका छन् भने उपमेयर विमला ढकालले १ हजार ४ मत प्राप्त गरेकी छिन् । एमालेका दारिकलाल चौधरीले ८ सय ५ मत ल्याएका छन् भने उपमेयरमा एमालेकी उम्मेद्वा लक्ष्मी गौतमले ७ सय ५८ मत ल्याएकी छिन् । यो क्षेत्रमा आफूलाई तेश्रो स्थानको हकदार दाबी गर्ने माओवादी हालसम्मको मतपरिणाममा चौथो स्थानमा धकेलिएको छ । तेश्रो स्थानमा राप्रपा आएको छ । यो क्षेत्र राप्रपाका नेता रामकुमार सुुब्बाको गृहनगर पनि हो ।
धरानलाई पनि एमाले पकड क्षेत्रको रुपमा लिइन्थ्यो, तर त्यहाँ पनि कांग्रेसले अग्रतालाई कायमै राखेको छ । कांग्रेसले मेयरतर्फ ५६९ मत ल्याएको छ भने उपमेयरमा ५५६ मत प्राप्त गरेको छ । एमालेले मेयरमा ३१६ र उपमेयरमा ३४३ मत प्राप्त गरेको छ ।
धनगढी उपमहानगरपालिकामा समेत कांग्रेसको अग्रता छ । यो नगरमा कांग्रेसले मेयर र उपमेयरमा क्रमशः ४६७ र ५२८ मत ल्याएको छ । मेयरमा स्वतन्त्र उम्मेद्वारले ४ सय ३४ मतले पछ्याइरहेका छन् । एमालेका मेयरका उम्मेद्वारले ९८ र उपमेयरका उम्मेद्वारले २३० मत ल्याएका छन् ।
बुटवल, तुल्सीपुर र घोराही उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । बुटवलमा एमालेले मेयरमा २०१७ मत पाएको छ भने उपमेयरमा २१८० मत । यस्तै, यो क्षेत्रमा कांग्रेसले १६१० मत मेयरमा प्राप्त गरेको छ भने माओवादी केन्द्रले उपमेयरमा ८५७ मत प्राप्त गरेको छ ।
तुल्सीपुर उपमहानगरपालिकामा एमालेले मेयर र उपमेयरमा क्रमशः २०९४ र १९९९ मत प्राप्त गरेको छ । कांग्रेसले मेयर र उपमेयरमा १६३१ र १७१९ मत प्राप्त गरेको छ ।
घोराही उपमहानगरपालिकामा एमालेले मेयर र उपमेयरमा क्रमशः ३३०२ र २१७१ मत ल्याएको छ । यस्तै, नेपाली कांग्रेसले १५७१ र १६३० मतले पछ्याइरहेको छ ।
चासोको साथ हेरिएको विराटनगर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका भीम पराजुलीले २ सय १६ मत ल्याउँदा एमालेका विनोद ढकालले १५२ मतले पछ्याइरहेका छन् । यहाँ उपमेयरमा कांग्रेसले १७१ र लोकतान्त्रिक फोरमले ८५ मत ल्याएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago