इटहरीमा मतपरिणाम सुन्न उपमहानगरपालिकाको कार्यालय परिसरमा भेला भएका मतदाता ।
काठमाण्डौ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार ७ उपमहानगरमध्ये थप एकमा अग्रता कायम गर्दै एमालेले ४ स्थानमा अगाडि बढेको छ । कांग्रेसको अग्रता २ महानगरमा सीमित बन्न पुुगेको छ भने एक उपमहानगरमा राप्रपाको सुरुवाती अग्रता कायमै छ ।
सुरुवातबाटै पछाडि परेको धरानमा एमालेले अग्रता लिएको छ । यो उपमहानगरमा कांग्रेसका मेयर र उपमेयरकै उम्मेद्वारले सुरुवातबाटै अग्रता लिएका थिए । पछिल्लो मत परिणाम अनुसार एमालेले मेयर र उपमेयरमा २७०२ र २८३२ मत ल्याएको छ । कांग्रेसले मेयर र उपमेयरमा २५७२ र २५३८ मत प्राप्त गरेको छ ।
बुटवल, तुल्सीपुर र घोराही उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रतालाई अविचलित रुपमा कायमै राखेको छ । बुटवलमा एमालेले मेयर र उपमेयरमा ६२८९ र ६९३६ मत ल्याएको छ । कांग्रेसले ६०६३ मतले मेयरलाई पछ्याइरहेको छ भने माओवादी केन्द्रका उपमेयरले ४३३२ मत प्राप्त गरेका छन् ।
तुल्सीपुर उपमहानगरपालिकामा एमालेले मेयर र उपमेयरमा ४८४५ र ४४५४ मतसहित अग्रता कायम गरेको छ । कांग्रेसले मेयर र उपमेयरमा ३७४० र ४०१६ मतसहित पछ्याइरहेको छ ।
यस्तै, घोराही उपमहानगरपालिकामा समेत एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ । मेयर र उपमेयरमा ९९६१ र ९४१९ मत ल्याएको छ । कांग्रेसले दुवै पदमा ७३९७ र ७३३४ मतले पछ्याइरहेको छ ।
पछिल्लो पटक कांग्रेसले इटहरी उपमहानगरपालिका र धनगढीमा अग्रतालाई कायमै राखेको छ । इटहरी उपमहानगरपालिकाको अग्रता निकै खुम्चिएको देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार इटहरीमा कांग्रेसका मेयर र उपमेयरले क्रमशः ३७११ र ३७०७ मत ल्याएका छन् । एमालेले मेयरमा ३५३७ र उपमेयरमा ३५८५ मत ल्याएको छ ।
धनगढी उपमहानगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेद्वारले २४९२ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेले २२०७ मतले पछ्याइरहेको छ । उपमेयरमा १३२० मतसहित कांग्रेसकै अग्रता कायम छ ।
उता, नेपालगञ्ज उपमहानगरपालिकामा हिन्दू मुस्लिमहरुले जातीय आधारमा विभाजित भएर मत हाल्दा राप्रपाले फराकिलो अग्रतालाई कायमै राखेको छ । राप्रपाका मेयरका उम्मेद्वारले ४३१७ र उपमेयरमा ३२०० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले २५०४ र ३४५७ मत प्राप्त गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago