काठमाण्डौ । दोश्रो चरणको निर्वाचन सम्पन्न भएका ७ महानगरपालिकामध्ये ३ ३ स्थानमा एमाले र कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । एक स्थानमा राप्रपाले सुरुवाती अग्रतालाई कायमै राखेको छ ।
चर्चाको शिखरमा रहेको इटहरी उपमहानगरपालिकामा कांग्रेसका मेयरका उम्मेद्वार रोहित प्रसाईले ३ सय मतको अग्रता लिएका छन् । उनले ३१९३ मत ल्याउँदा एमालेका मेयरका उम्मेद्वार द्वारिकलाल चौधरीले २८९३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी विमला ढकालले ३१९२ र एमालेकी लक्ष्मी गौतमले २७२९ मत पाएकी छिन् ।
धरान उपमहानगरपालिकामा पनि कांग्रेसले करिब २ सय मतले अग्रता लिएको छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार तिलक राईले १६८२ मत ल्याएका छन् भने एमालेका तारा सुुब्बाले १४८७ मतसहित पछ्याइरहेका छन् । ९०० मतसहित माओवादीका अइन्द्रविक्रम बेघा तेश्रो स्थानमा छन् । यो क्षेत्रमा उपमेयरमा कांग्रेसकै उम्मेद्वारको अग्रता छ ।
उता, धनगढी उपमहानगरपालिकामा पनि कांग्रेसकै अग्रता छ । त्यहाँ कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार २२६१ मतसहित अगाडि छन् । यस्तै, एमालेका दुुर्गा जोशीले १९५७ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार गोपाल हमालले १८३५ मतले पछ्याइरहेका छन् ।
सात उपमहानगरमध्ये तीन स्थानमा एमाले अग्रता छ । घोराहीमा एमाले उम्मेद्वार नरुलाल चौधरी ७१०७ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका भूपबहादुर डाँगीले ५१०२ मतले पछ्याइरहेका छन् । बुटवल उपमहानगरपालिकामा ४७२५ मतसहित एमालेका मेयरका उम्मेद्वार शिवराज सुवेदी अगाडि छन् । कांग्रेसका खेलराज पाण्डेले ४४५५ मतले पछ्याइरहेका छन् ।
तुल्सीपुर उपमहानगरपालिकामा एमाले उम्मेद्वार घनश्याम पाण्डेले ३६८४ मतले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले ३२०० मतले पछ्याइरहेका छन् ।
सबैलाई आश्चर्यमा पार्दै नेपालगञ्जमा राप्रपाले निकै फराकिलो मतअन्तरले अग्रता लिएको छ । राप्रपाका मेयरका उम्मेद्वार डा. धवलसमशेर राणाले ३५४७ मत ल्याएका छन् । उनलाई कांग्रेसका उम्मेद्वार डा. सुरेशकुमार कनोडियाले १९६८ मतले पछ्याइरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago